भारतमा ९० प्रतिशत कोरोना संक्रमित लक्षणविनाका

भारतमा पछिल्ला केही दिन कोरोनाभाइरस संक्रमितको संख्या दैनिक बढिरहेको छ । तर, यसरी भेटिएका संक्रमितहरुमा अहिले लक्षण देखिन छाडेको छ । लक्षणविनाका संक्रमितको संख्या भारतमा ९० प्रतिशत भएको भारतको एम्स अस्पतालका निर्देशक डा. रणदीप गुलेरियाले बताएका छन् । 

उनका अनुसार पहिले भारतमा भेटिएका कोरोना संक्रमितमा खास लक्षण देखिने गरेको थियो । त्यसले गर्दा उनीहरुलाई आइसोलेसनमा राखिएको थियो । तर, अब गुलेरियाले १३ सहरमा ८० प्रतिशतभन्दा बढी संक्रमितमा कुनै लक्षण नै नदेखिएको बताएका छन् । 

उनले भारतमा कोरोना संक्रमणको ‘पिक’ आउनै बाँकी रहेको भए पनि अहिले भेन्टिलेटरमा कोरोना संक्रमित कम भएकाले भारतीयलाई सहज भएको हुनसक्ने बताएका छन् । उनले बिसिजी भ्याक्सिन लगाएकाले पनि भारतीयहरुमा कोरोनासँग लड्ने क्षमता बढी भएको हुनसक्ने पनि बताएका छन् ।





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार ७:३४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया