कर्णालीमा काेराेना संक्रमितलाई खुवाइँदै छ आयुर्वेदिक औषधी

कोरोना भाइरसबाट सङ्क्रमित भएकाहरूलाई आयुर्वेदिक औषधि र जडीबुटी खुवाउने गरिएको छ । शरीरमा आत्मबल अभिवृद्धि गर्न सके कोरोना भाइरसलाई परास्त गर्न सकिने भनी चिकित्सकहरूले सल्लाह दिएपछि सङ्क्रमणबाट जोगिन अन्यले पनि आयुर्वेदिक औषधि र जडीबुटी खान थालेका छन् ।

दैलेखमा सङ्क्रमितको उपचारमा खटिएकी डा. डीना सापकोटाले एकान्तवासमा रहेका २९ जना बिरामीलाई अहिले आयुर्वेदिक औषधि, शारीरिक व्यायाम, आत्मबल वृद्धि गर्न मनोविर्मशलगायतका उपचार पद्धति अवलम्बन गरिएको जानकारी दिएकी छिन् ।

जिल्ला स्वास्थ्य कार्यालयका आयुर्वेद शाखाका आयुर्वेदिक चिकित्सक प्रसन्न नेपालले कोरोना सङ्क्रमण भएका व्यक्तिहरूको उपचारका लागि अहिले आयुर्वेदिक औषधि चलाइरहेको बताए । उनले बिरामीलाई रोगसँग लड्न प्रतिरोधात्मक क्षमता वृद्धि गर्न अस्वगन्धा, गुर्जो, षष्टिमधु, तुल्सी चियालगायतका औषधि दिनुका साथै योगा व्यायाम गराउने बताए ।

कोरोना सङ्क्रमणमा हालसम्म सुरक्षित हुम्लामा आयुर्वेदिक औषधि प्रयोग गर्नेको सङ्ख्या बढ्दै गएको छ । स्वास्थ्य सेवा कार्यालयअन्तर्गतको आयुर्वेद शाखाका कविराज कृष्णचन्द्र जोशीले कुट्की, जटामासी, पाँचआँैले, पदमचाल, रोहिता र लालीगुराँसबाट औषधि बनाएर तयार गरिएको बताउँदै कोरोना सङ्क्रमितलाई निःशुल्क उपलब्ध गराइने गरिएको जानकारी दिएका छन् ।





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार ७:५०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया