बलिउड अभिनेत्री काजोलले कोरोनाभाइरस महामारीबीच ती दिनको याद गरेकी छिन् जब हामी बाहिर जानका लागि निकै उत्साहित हुने गथ्र्यौँ ।
सामाजिक सन्जाल इन्स्टाग्राममा उनले सन् १९९५ मा आएको हिन्दी फिल्म दिलवाले दुल्हनिया ले जाएंगेको एक तस्वीर सेयर गर्दै यस्तो गरेकी हुन् ।
उनले सेयर गरेको तस्वीरमा क्याप्सन लेखेकी छिन्– जब हामी तयार भएर घरबाट बाहिर निस्कने गथ्र्यौँ । अनि उनले लुकिङब्याक भन्दै ह्यासट्याग पनि लगाएकी छन् ।
आदित्य चोपडाले यही फिल्मबाट एक निर्देशकका रुपमा काम गर्न थालेका थिए । यो फिल्ममा साहरुख खान पनि थिए । अहिले पनि यो फिल्मले दर्शकको मन जितिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।