चीनमा कोरोना संक्रमित चिकित्सकको मृत्युपछि हुँदैछ हंगामा

चीनको वुहान सेन्ट्रल अस्पतालमा युरोलोजिस्ट समेत रहेका डा. हु विफेङ्गको मृत्युका कारण त्यहाँको प्रशासनको निकै आलोचना हुन थालेको छ । 

कोरोनासँग चार महिनाभन्दा बढी लामो समयसम्म लडेका डा. हुको २ जुनमा मृत्यु भएको थियो । उनी जनवरीमा नै कोरोनासंक्रमित भएको पुष्टि भएको थियो । 

र, कोरोनाका कारण मृत्यु हुने उनी अस्पतालका छैटौं चिकित्सक हुन् ।

यही अस्पतालमा पहिलो पटक कोरोनाभाइरसबारे जानकारी दिएका डा. ली वेनलियाङ्ग पनि काम गर्थे । उनले कोरोनाबारे जानकारी दिएलगत्तै प्रशासनले उनीमाथि कारवाही गरेको थियो । पछि उनको पनि निधन कोरोना संक्रमणकै कारण भएको थियो ।  

डा. हुको मृत्युबारे अहिले खासै जानकारी सेयर गरिएको छैन । उनको मृत्युपछि चिनियाँ सामाजिक सन्जाल प्रयोगकर्ताहरुले सरकार र प्रशासनको निकै आलोचना गरेका छन् ।





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार ८:४४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया