डडेल्धुराको क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभूत विद्यालय रैनकोटमा बनाइएको क्वारेन्टाइनमा ३० वर्षीया महिलाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिनअघि मात्र आएका थिए ।
उनको निधन कोरोनाभाइरसका कारण भएको हो या अरु कुनै कारण भन्ने अहिलेसम्म खुलेको छैन । उनी हिजो राति शौचालय गएको समयमा एक्कासी बेहोस भएकी थिइन् ।
त्यसपछि उनको मृत्यु भएको हो । चिकित्सकको टोली त्यहाँ पुगेर महिलाको स्वाब लिने र परीक्षण गर्ने तयारी सुरु भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।