कर तिर्न सरकारले गरेको आह्वानको अवज्ञा गरौँ : कांग्रेस प्रवक्ता

काठमाडौं– सरकारले जेठ २५ गतेभित्र कर तिर्न गरेको आह्वानको अवज्ञा गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नागरिकलाई आह्वान गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जालमार्फत यस्तो आह्वान गरेका हुन् । 

राजस्व विभागले दिएको मंगलबार सूचना प्रकाशन गरी सबै खालका कर यही जेठ २५ गतेभित्र तिर्न सम्बन्धित सबैलाई निर्देशन दिएको छ । यद्यपि, चैत ११ गतेदेखि देशभर लागू गरिएको लकडाउन आगामी जेठ ३२ गतेसम्मका लागि कायमै छ ।

यही निर्देशन अवज्ञा गर्न कांग्रेसका प्रवक्ता शर्माले नागरिकलाई आह्वान गरेका हुन् । उनले ट्विटमा लेखेका छन्, ‘सांसद विकास कोष खारेज गर्न साहस नराख्ने, अनि ठप्प व्यवसायलाई कर ताकेता ! जेठ २५ भित्र कर तिर्न नसक्ने भद्र अवज्ञाको अर्को विकल्प छैन ।’

उनले अगाडि लेखेका छन्, ‘गलैंचा, जिमखाना र यो ताकेता सोध्न चाहन्छु कसैको व्यक्तिगत सनकमा देश चल्दैछ कि यही हो कम्युनिस्ट समाजवादको आधारशिला !





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार १०:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया