कोरोना संक्रमण नियन्त्रणका लागि जुम्लामा तीन दिने कर्फ्यु

जुम्ला– जिल्ला प्रशासन कार्यालय जुम्लाले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि तीनदिने निषेधाज्ञा जारी गरेको छ । प्रशासनले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

केही दिनअघि भारतबाट आएका नागरिक र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलाई समुदाय स्तरमा फैलिन नदिन निषेधाज्ञा जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिएका छन् । 

बुधबार बिहान ९ बजेदेखि जिल्ला भित्रका औषधि पसल, उपकरण तथा औषधि सामग्री उत्पादन, बिक्री वितरण र ढुवानी सेवा बाहेक अन्य सबै पसल बन्द हुने सूचनामा जनाइएको छ । कार्यालयले मंगलबार जारी गरेको सूचनामा निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेक सबै बन्द हुने उल्लेख छ । 





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार १०:४७:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया