लकडाउनविरुद्ध चाबहिलमा प्रदर्शन

काठमाडौं– सरकारले जारी गरेको लकडाउनविरुद्ध चाबहिलमा स्थानीयले प्रदर्शन गरेका छन् । लकडाउनले जनजीवन असहज भएको भन्दै बुधबार बिहान काठमाडौंको चाबहिल चोकमा स्थानीयले प्रदर्शन गरेका हुन् । 

बजार, व्यापार व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै स्थानीयले सरकारविरुद्ध नाराबाजी गरेका छन् । सरकारले गत चैत ११ गते बाट लागू गरेको लकडाउन आगामी जेठ ३२ गतेसम्मका लागि जारी छ ।

यसअघि मंगलबार जोरपाटीमा पनि स्थानीयले विरोध प्रदर्शन गरेका थिए । बुधबार बिहानैदेखि अन्य दिनको तुलनामा राजधानीका सडकमा सवारीसाधन र पैदल यात्रुको आवतजावत बाक्लो देखिएको छ ।





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार ११:०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया