छुवाछुतसम्बन्धी जघन्य अपराधका दोषीलाई कारबाही गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद तथा छुवाछुतजस्ता मानव हितविरुद्धका गतिविधिलाई नसहने बताएका छन् । 

छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले जातीय विभेद तथा छुवाछुतसम्बन्धी जघन्य अपराधका दोषीलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । 

यस्ता अमानवीय हिंसाका दोषीलाई कारबाही गर्न राज्य किञ्चित पछि नपर्ने उल्लेख गर्दै उनले भनेका छन्, ‘ मानव सभ्यताको कलंक र सभ्य, लोकतान्त्रिक तथा सम्मानजनक जीवन जिउन पाउने मानव अधिकारको पालनामा देखिएका बाधालाई सरकारले हटाउनेछ ।’

‘जातीय छुवाछुतविरुद्धका पीडितको मानव अधिकार संरक्षण गर्न र हिंसा अन्त्य गर्न प्रधानमन्त्री ओलीले सम्पूर्ण व्यक्ति, परिवार, समाज र सम्बन्धित सबै निकायलाई संवेदनशील हुन आग्रह गरेका छन् । 





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार ११:७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया