वडाध्यक्षको नेतृत्वमा प्रहरी चौकी तोडफोड

रुकुम– रुकुममा मादक पदार्थ सेवन गरेर वडाध्यक्षले प्रहरी चौकी तोडफोड गरेका छन् । 

मुसिकोट नगरपालिका–१३ का वडाअध्यक्ष दिपक केसीको नेतृत्वमा सोही नगरपालिकाको १४ नं वडामा रहेको अस्थायी प्रहरी चौकी आक्रमण भएको हो । 

मादक पदार्थ सेवन गरेका वडाअध्यक्ष केसीसहित २५ जना युवाको समूहले मंगलबार साँझ चौकी आक्रमण गरेको प्रहरीले जनाएको छ । 

आक्रमणपछि उनीहरु फरार भएका छन् । फरार रहेका उनीहरुको खोजीकार्य भइरहेको डीएसपी तिम्सिनाले जानकारी दिए ।

केसी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित वडाअध्यक्ष हुन् । उनीसहितको टोलीले चौकीको पोष्ट भत्काउनुको साथै २ प्रहरी जवानलाई कुटपिट समेत गरेको कर्णाली प्रदेशका डिएसपी तथा प्रवक्ता लोकनाथ तिम्सिनाले बताए ।

चौकीमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा आठ जना प्रहरी कार्यरत छन् । घटनाबारे थप अनुसन्धान भइरहेको रुकुम प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार ११:३७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया