पर्सामा थप ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

पर्सामा थप सात जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । योसहित अब पर्सामा ११४ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

पर्सामा यसअघि नेपालमै सबैभन्दा धेरैले कोरोना संक्रमणलाई जितेका पनि छन् । पर्सामा अहिलेसम्म ९३ जनाले कोरोना जितेका छन् । 

बुधबार पर्साको कालिमाइमा ४ जना, सखुवाप्रसौनीमा २ जना, बिन्दबासिनी गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुको स्वाब परीक्षण नारायणी अस्पतालको पिसिआर ल्याबमा गरिएको थियो । 

अस्पतालका एक अधिकारीका अनुसार उनीहरु १६ वर्षदेखि ४९ वर्षसम्मका छन् ।





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार १२:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया