कोरोनालगायत समसामयिक विषयमा विज्ञहरुसँग परामर्श गर्दै प्रधानमन्त्री

काठमाडौ– प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणका लागि विज्ञहरुसँग परामर्शको आयोजना गरेका छन् ।  प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार आज दिउँसो ४ बजेका लागि विज्ञहरुलाई बालुवाटार बोलाइएको छ । 

प्रधानमन्त्री ओलीले आजसम्म गरेका कामको मूल्यांकन गर्दै आउने दिनमा गर्नुपर्ने कामबारे विज्ञहरुसँग परामर्श गर्ने तयारी गरेको सल्लाहाकार थापाले जानकारी गराएका छन् । 

बैठकमा विभिन्न क्षेत्रका विज्ञहरूका साथै उपप्रधानमन्त्री ईश्वर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, मुख्यसचिव लोकदर्शन रेग्मी, स्वास्थ्य सचिव लक्ष्मण अर्याललगायत सरकारी अधिकारी सहभागी हुनेछन् ।

त्यस्तै, कोरोनाले अर्थतन्त्रमा पारेको प्रभावबारे छलफलका लागि प्रधानमनत्रीले अर्थशास्त्रीहरुलाई पनि निम्त्यमएक छन् । बैठकममा लागि पूर्वअर्थसचिव रामेश्वर खनाल, योजना आयोगका पूर्वउपाध्यक्षहरू  शंकर शर्मा, पीताम्बर शर्मा, दिनेश देवकोटा, मीनबहादुर श्रेष्ठ, स्वर्णिम वाग्लेलगायत सहभागी हुनेछन् ।

त्यसैगरी मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला, जनस्वास्थ्य विज्ञहरु डा. शरद वन्त, महेश मास्के, अरुणा उप्रेती, समीरमणि दीक्षित, अर्जुन कार्कीलगायतलाई आमन्त्रण गरिएको छ । 





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार १२:५७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया