बाध्यकारी करले असफल सरकारको दरिद्र मनोविज्ञान छर्लंग : राप्रपा अध्यक्ष राणा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपतिशमशेर राणाले कर तिर्न लगाउने बाध्यकारी उर्दीबाट असफल सरकारको दरिद्र मनोविज्ञान छर्लंग भएको बताएका छन् ।

राप्रपा अध्यक्ष राणाले असाधारण संकटमा समयसीमा तोकेरै कर तिराउने काम लोकहित र लोकसम्मतिविपरीत रहेको भन्दै सरकारको यो निर्णयलाई  अर्थमन्त्रीको अनर्थको धम्कीको संज्ञा दिएका छन् ।

७२ दिनयता देश बन्दाबन्दीमा रहेको र व्यापार, व्यवसाय ठप्प छ रहेको उल्लेख गर्दै उनले उनले ट्विटमा भनेका छन्, ‘कर भनेको आम्दानी या सुविधाबापतको हो जबकि अहिले न आम्दानी छ न सुविधा ।’ 





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार १३:१५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया