कोरोनाभाइरसः भारतमा २ लाखभन्दा धेरै संक्रमित, ६ हजारको निधन

भारतमा कोरोनाभाइरस संक्रमण अब उत्कर्षमा पुग्न लागेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अब संक्रमितको संख्या दुई लाखभन्दभ बढी पुगिसकेका छन् । 

विश्वमा सबैभन्दा बढी जनसंख्या भएको दोस्रो देश भारतमा अझ कोरोना संक्रमणको समस्या बढ्न सक्ने त्यहाँका जानकारहरुले बताएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा भारतमा ८ हजार ९ सय ९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भारतमा एकै दिन सबैभन्दा धेरै संक्रमित भेटिएको यो पहिलो पटक हो ।

यसका साथसाथै भारतमा अब कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ७ हजार ६ सय १५ पुगेको छ ।

अमेरिका, ब्राजिल, बेलायतसँगै अब विश्वमा सबैभन्दा बढी कोरोनाभाइरसबाट प्रभावित छैटौं देश भारत बनेको छ । 

भारतमा अहिलेसम्म कोभिड १९ का कारण ५ हजार ८ सय १५ जनाको निधन भएको छ ।





  • प्रकाशित मिति : जेठ २१, २०७७ बुधबार १४:४८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया