प्रख्यात बलिउड गीतकार अनवर सागरको निधन

एजेन्सी– बलिउडका प्रख्यात गीतकार अनवर सागरको निधन भएको छ ।

नवभारत टाइम्सका अनुसार उनको बुधबार मुम्बाईस्थित कोकिलाबेन धीरुभाइ अम्बानी अस्पतालमा ७० वर्षको उमेरमा निधन भएको हो । 

उनको निधनबारे आइपिआरएस (इन्डियन पर्फोमिङ राइट सोसाइटी लिमिटेड)ले ट्विटमार्फत पुष्टि गरेको हो । यद्यपि, उनको मृत्युको कारण भने पत्ता लागिनसकेको बताइएको छ । 

गीतकार अनवर सागरका ‘वादा रहा सनम...लगायत गीत चर्चित छन् । उनले विजय पथ र यारानालगायत सफल चलचित्रका लागि पनि गीत लेखेका छन् । 





  • प्रकाशित मिति : जेठ २२, २०७७ बिहीबार १०:५३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया