धमाधम खुल्न थाले काठमाडौंका पसल

काठमाडौं– बिहीबार बिहानबाट काठमाडौंका पसलहरु धमाधम खुल्न थालेका छन् । काठमाडौंका न्यूरोड, भोटेबहाल, इन्द्रचोक, कोटेश्वर, बौद्धलगायतका क्षेत्रका पसल खुल्न थालेका हुन् । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघले बुधबार पसल खुला गर्ने निर्णय गरेको थियो । महासंघको निर्णय पछि सबैले पसलहरु खुला गरेका हुन् ।

महासंघले अब दैनिक बिहान ११ बजेसम्म सबै पसलहरु खुला हुने जनाएको छ । पसल खुला भए पनि कोरोना संक्रमण फैलन नदिन सुरक्षा सतर्कता भने अपनाइने महासंघले जनाएको छ । व्यापारीले ग्राहकको तापक्रम नापेर र स्यानिटाइजर लगाउन दिएर मात्र पसलमा प्रवेश गराएका छन् ।

महासंघले यसलाई लकडाउन उल्लंघनको रुपमा नभई जीविकोपार्जनका लागि पसलहरु खोलिएको रुपमा बुझ्नुपर्ने बताएको छ । वानेश्वर लगायतका केही क्षेत्रका पसलहरु भने खुल्न बाँकी रहेको महासंघले बताएको छ । 





  • प्रकाशित मिति : जेठ २२, २०७७ बिहीबार ११:१९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया