मुख्यमन्त्री पोखरेलको प्रश्न : आफूखुसी पसल खोल्दा समुदायस्तरमा कोरोना फैलिए कसले जिम्मा लिने ?

काठमाडौं– व्यापारीले आफूखुसी पसल खोलेपछि प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले त्यसबारे बोलेका छन् । 

सामाजिक सञ्जालमार्फत उनले आफूखुसी पसल खोल्दा समुदायस्तरमा कोरोना फैलिए कसले जिम्मा लिने ? भनेर प्रश्न गरेका छन् । मुख्यमन्त्री पोखरेलले बिहीबार फेसबुकमा स्टाटस लेख्दै गम्भीर बन्न व्यापारीहरुलाई आग्रह गरेका हुन् । 

मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘क्वारेन्टाइन र लकडाउनका कारण कोभिड–१९ समुदायमा फैलिएको छैन, आफूखुसी बजार खोल्दा समुदायमा फैलिए त्यसको जिम्मा कसले लिने ? गम्भीर बनौं ।’





  • प्रकाशित मिति : जेठ २२, २०७७ बिहीबार १२:४८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया