तस्करलाई सहयोग पुर्‍याएको आरोपमा असईसहित चार प्रहरी निलम्बित

काठमाडौं– तस्करलाई सहयोग पुर्‍याएको आरोपमा प्रदेश नम्बर २ का चारजना प्रहरी निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा एकजना प्रहरी सहायक निरीक्षक (असई)सहित चारजना छन् ।

उनीहरु सबै सर्लाहीको विष्णु गाउँपालिकास्थित बबाल दोहन प्रहरी चौकीमा कार्यरत थिए । निलम्बनमा पर्नेमा प्रहरी सहायक निरीक्षक राजाराम ठाकुर, प्रहरी हवल्दार विजय साह , चुनरमण चौरसिया र प्रहरी जवान अरुण तिवारी रहेका छन् ।

प्रदेश नम्बर २ का प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले चारै जनालाई बुधबार निलम्बन गरिएको जानकारी दिएका छन् । भारततर्फ सामान ओहोरदोहोर गर्ने तस्करहरूसँग आर्थिक लाभ लिई सहयोग गर्दै आएको प्रमाण फेला परेपछि उनीहरूलाई निलम्बन गरिएको डिआइजी सिंहले बताए ।





  • प्रकाशित मिति : जेठ २२, २०७७ बिहीबार १२:५७:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया