कोरोना निको भएर कोसी अस्पतालबाट २८ जना डिस्चार्ज

विराटनगर– विराटनगरको कोसी अस्पतालबाट २८ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज भएका छन् । अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेका उनीहरुको रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका हुन् । 

डिस्चार्ज हुनेमा उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक गरी जम्मा २८ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जानकारी दिएको छ । उनीहरुमध्ये ६ जना महिला र २२ जना पुरुष छन् ।

योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ । यसअघि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जना निको भएर घर फर्किसकेका छन् ।





  • प्रकाशित मिति : जेठ २२, २०७७ बिहीबार १३:७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया