भारतले नेपालमा रोकिएका नागरिक फिर्ता लग्यो

काठमाडौं– भारत सरकारले विभिन्न काम विशेषले काठमाडौं उपत्यकामा आएर लकडाउनका कारण रोकिएका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ । रोकिएका भारतीय नागरिकलाई भारतीय राजदूतावासको पहलमा स्वदेश फिर्ता लगिएको हो ।

काठमाडौंमा व्यापार व्यवसाय गर्ने भारतीय नागरिक, धार्मिक भ्रमणका लागि आएका, आफन्त भेटघाटका लागि आएका आफ्ना नागरिकलाई बिहीबार पनि भारत लैजाने व्यवस्था मिलाएको हो । 

भारत सरकारले यस अघि पनि नेपालबाट आफ्ना नागरिकलाई उद्धार गरी जहाजमार्फत स्वदेश फिर्ता लगेको थियो । दूतावासका अनुसार यसपटक भने आफ्ना नागरिकलाई बसमार्फत लैजाने व्यवस्था गरिएको छ ।





  • प्रकाशित मिति : जेठ २२, २०७७ बिहीबार १४:१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया