Sat, 11 Jul, 2020


२४ घन्टामा थपिए ३३४ कोरोनाभाइरस संक्रमित
फरकधार / जेठ २२, २०७७

नेपालमा बिहीबार एकै दिन ३ सय ३४ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमितको संख्या २६३४ पुगेको छ । 



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जनाएअनुसार पछिल्लो २४ घन्टामा मोरङका १, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सुनसरीका १, सप्तरीका १३, बाराका १२, सिन्धुलीका १, रौतहटका ६५, म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, बाँकेका ४२, कपिलवस्तुका २९, दाङका १५, मुगुका १, दैलेखका ११३, खोटाङका ३, धनुषाका ६, महोत्तरीका ३, सर्लाहीका ३ गरी ३३४ कोरोना संक्रमित थपिएका हुन् । 

उनले २९० जना उपचारपछि डिस्चार्ज भएको पनि जानकारी दिएका छन् । नेपालमा अब कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । तीन दिनअघि पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषमा कोरोना संक्रमण पुष्टिसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको हो । उनी केही दिनअघि भारतबाट आएका थिए ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्