गत डिसेम्बरमा पहिलो पटक चीनको वुहान सहरमा देखिएको कोरोनाभाइरस संक्रमण अब विश्वका लागि ठूलो चुनौति बनिसकेको छ ।
जोन्स हप्किङ्स विश्वविद्यालयका अनुसार अब विश्वका सबै देशमा कोरोना संक्रमित भेटिएका छन् । पछिल्लो समय आएको तथ्यांकअनुसार अब विश्वभर ६५ लाख ९५ हजार मानिसमा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै, कोभिड १९ का कारण अब विश्वभर ३ लाख ८८ हजार मानिसले ज्यान गुमाएका छन् ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित देश बनेको छ, अमेरिका । अमेरिकामा १८ लाख ७२ हजारभन्दा धेरै संक्रमित भेटिएका छन् भने १ लाख ८ हजार १ सय २० जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।
सबैभन्दा प्रभावित देशको सूूचीको दोस्रो नम्बरमा ब्राजिल परेको छ । ब्राजिलमा ५ लाख ८४ हजारभन्दा धेरै कोरोना संक्रमित भेटिएका छन् । त्यहाँ ३२ हजार ५ सय ४८ जनाले ज्यान गुमाएका छन् ।
सबैभन्दा धेरै संक्रमित भेटिएको सातौं देशमा भारत परेको छ । २ लाख २६ हजार ७ सय १३ जना कोरोनाभाइरस संक्रमित देखिएको भारतमा कोभिड १९ का कारण ६ हजार ३ सय ६३ जनाले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।