चलचित्र विकास बाेर्ड अध्यक्षमा दयाराम दाहाल

सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दयाराम दाहाललाई नियुक्त गरेको छ ।

बिहीबार साझ बसेको मन्त्रिपरिषद्को बैठकले दाहाललाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

अभिनेता, निर्माता तथा निर्देशक भुवन केसी, साँस्कृतिक संस्थानका पूर्वमहाप्रवन्धक राजेश थापा र निर्देशक दाहालको नाम अध्यक्षका लागि सिफारिस भएको थियो । अध्यक्ष बन्नका लागि निवदेन भने दस जनाले दिएका थिए ।

अध्यक्ष केशव भट्टराईको मंसिर २९ गते निधन भएपछि बोर्ड अध्यक्षविहीन थियो ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार ८:१९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया