बारामा ६ प्रहरीसहित १० जनाले जिते काेराेना

बारामा संक्रमित ६ प्रहरीसहित १० जना बिहीबार घर फर्केका छन् । कलैया अस्पतालबाट ७ र वीरगन्जको गण्डक कोभिड–१९ अस्पतालबाट ३ डिस्चार्ज भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक, नायव निरीक्षकसहित ६ प्रहरी र जिल्लाकै एक जना रेडियोकर्मी डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए । यीबाहेक नेपाली सेनाका २ जवान र एक संक्रमित बालक उपचारपछि निको भएर घर फर्केका हुन् । पचरौता नगरपालिकाको पिपरपाती क्‍वारेन्टाइनबाट सेनाका जवान संक्रमित भई वीरगन्ज उपचाररत थिए । बालक भने वीरगन्जबाट संक्रमित भएका थिए ।

यसअघि जीतपुरसिमरा उपमहानगरका २ जना वीरगन्जबाट डिस्चार्ज भएका थिए । जिल्लामा ७० संक्रमितमध्ये पटकपटक गरेर १२ जना कोरानामुक्त भएका हुन् । अरु उपचारकै क्रममा छन् ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार ८:३०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया