तनहुँमा थप २ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

तनहुँमा थप दुई जनामा कोरोनाभाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

ऋषिङ गाउँपालिकामा रहेको क्वारेन्टाइनमा बसेका ३९ र ४० वर्षका पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । पोखरामा रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले यो जानकारी दिएको हो । उनीहरु दुवै जना ऋषिङकै भएको जनाइएको छ ।

योसँगै तनहुँमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । अनि गण्डकी प्रदेशमा अब ५६ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।

तनहुँमा भेटिएका दुई जनालाई जिल्लाको सरकारी अस्पतालको क्वारेन्टाइनमा लैजाने तयारी भएको छ ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार ८:४४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया