किन मन्त्रालय तानिए स्वास्थ्य सेवा विभागका महानिर्देशक श्रेष्ठ ?

काठमाडौं– सरकारले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई मन्त्रालयमा तानेको छ । श्रेष्ठले ओम्नी समूहसँग चीनबाट मेडिकल सामग्री ल्याउन गरेको सम्झौता विवादमा परेपछि उक्त सम्झौता रद्ध गरिएको थियो ।

श्रेष्ठ तीन महिनाअघिसम्म स्वास्थ्य मन्त्रालयको प्रवक्ताका रूपमा थिए । पछि उनलाई सरूवा गरेर स्वास्थ्य सेवा विभाग पठाइएको थियो । 

स्वास्थ्य मन्त्रालयका प्रशासन महाशाखाका अनुसार श्रेष्ठसँगै विभागकै व्यवस्थापन महाशाखा प्रमुख भोगेन्द्र डोटेललाई मन्त्रालय तानिएको छ । 

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा भने दीपेन्द्ररमण सिंहलाई पठाइएको छ भने विभाग व्यवस्थापनमा रमेशप्रसाद खरेललाई पठाइएको छ । 

यसअघि सरकारले स्वास्थ्यसचिव यादवप्रसाद कोइरालाको ठाउँमा लक्ष्मण अर्याललाई स्वास्थ्यसचिव बनाएर ल्याएको थियो । कोइरालालाई भने प्रधानमन्त्री कार्यालय तानिएको छ ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार ११:६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया