काठमाडौं– रुकुमको चौरजहारी सोतीमा भएको नरसंहारको घटनालाई लिएर प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्ने भएको छ ।
रुकुमपश्चिम घट्नाको सत्य, तथ्य पत्ता लगाई दोषीलाई अविलम्ब कारबाही गर्नुपर्ने माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार बस्ने प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने भएको हो ।
यसअघि कांग्रेसले तत्काल सर्वदलीय संसदीय उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राखेको थियो । सो सम्बन्धमा बुझन् बिहीबार कांग्रेसका केही सांसदले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका थिए ।
सभामुखको जवाफ चित्त नबुझेपछि कांग्रेसले संसद् अवरुद्ध गर्न लागेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।