सुदूरपश्चिममा आज थप ६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
धनगढीमा रहेको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ६ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको हो ।
अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार डडेल्धुराका १७ देखि ५७ वर्षसम्मका, कैलालीका १६ वर्षका पुरुषमा कोरोनाभाइरस संक्रमण देखिएको हो ।
योसँगै सुदूरपश्चिममा अब कोरोनाभाइरस संक्रमित ९२ जना पुगेका छन् । आज प्रमाणित भएका सबै ६ जना संक्रमित केही दिनअघि मात्र भारतबाट आएका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।