भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्सेमा नेपालका ऐरले जिते स्वर्णपदक

काठमाडौं– नेपालका तेक्वान्दो खेलाडी लक्ष्मणबहादुर ऐरले भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्णपदक जितेका छन् । लक्ष्मणले ५० वर्षमुनिको समूहमा स्वर्ण जितेका हुन् ।

युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा बिहीबार राति सुरु भएको च्याम्पियनसिपमा लक्ष्मणले ६.७३ अंक ल्याउँदै स्वर्ण जितेका हुन् । 

च्याम्पियनसिपमा जुममार्फत प्रत्यक्ष पुम्से प्रदर्शन गरिएको थियो । अघिल्लो महिना भएको अनलाइन पुम्से युरोपियन च्याम्पियनसिप र विश्व च्याम्पियन्सिपमा लक्ष्मण पदकविहीन भएका थिए । 





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार १३:१३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया