‘भारतीय चेलीको दादागिरी’ भन्ने अभिव्यक्तिविरुद्ध सरिता गिरीको आपत्ति

काठमाडौं– गत जेठ १९ गते संसदमा बोल्दै सांसद गंगा चौधरीले संसदमा ‘भारतीय चेलीको दादागिरी चलेको’ भनेर दिएको अभिव्यक्तिमाथि सांसद सरिता गिरीले आपत्ति जनाएकी छिन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोलदै उनले चौधरीको उक्त अभिव्यक्ति संसदको रेकर्डबाट समेत हटाउन आग्रह गरेकी छिन् ।

चौधरीको अभिव्यक्तिलाई ‘हेट स्पिच’को संज्ञा दिँदै गिरीले आफ्नो पदको मर्यादा नभएको भए चौधरीविरुद्ध भौतिक आक्रमणमा उत्रिने बताइन् ।

कानुनी कारबाहीका लागि सो ‘हेट स्पिच’ पर्याप्त रहेको उल्लेख गर्दै भनिन्, ‘म सरकार र गृह मन्त्रालयको ध्यानाकर्षण गराउँछु कि यो रेकर्डलाई लिएर कानुनी प्रक्रिया अघि बढाइयोस् । पूरै सार्वभौम संसदमाथि आक्रमण भएको छ । त्यसकारण यो हेट स्पिचलाई संसदको रेकर्डबाट हटाउनुहोस् ।’





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार १४:७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया