तीन सहसचिवको सचिवमा बढुवा

काठमाडौं– नेपाल सरकारका वरिष्ठ ३ जना सहसचिव सचिवमा बढुवा भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरु गोकर्णमणि दुवाडी, मानबहादुर बिके र विष्णुप्रसाद नेपाललाई सचिवमा बढुवा गरेको हो । 

लोकसेवा आयोगका अध्यक्ष नेतृत्वको सिफारिस समितिले वैसाख ३१ गते उनीहरूको बढुवाका लागि सिफारिस गरेको थियो । बढुवा भएका सचिवहरुको पोस्टिङ हुन बाँकी छ । 

सिफारिसमा दुवाडी पहिलो नम्बरमा, बिके दोस्रो नम्बरमा र नेपाल तेस्रो नम्बरमा परेका थिए । सचिवहरु महेश दाहाल, दीपक सुवेदी र विनोद केसीको अवकाशपछि रिक्त सचिव पदमा उनीहरुको बढुवा भएको हो ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार १४:५४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया