नेपालमा पछिल्ला केही दिनहरु कोरोनाभाइरस संक्रमितको संख्या द्रुत गतिमा बढिरहेको छ । शुक्रबार पछिल्लो २४ घन्टामा मात्र नेपालमा २ सय ७८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ ।
योसँगै नेपालमा २९१२ जना कोरोनाभाइरस संक्रमित पुगेका छन् ।
उनीहरु ६८ विभिन्न जिल्लाको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अब नेपालमा ९ जिल्लामा मात्र अहिलेसम्म कोरोनाभाइरस संक्रमित भेटिएका छैनन् ।
शुक्रबार पहिलो पटक कास्कीका एक जनामा कोरोनाभाइरस संक्रमण देखिएको हो ।
अहिलेसम्म नेपालका ९ जिल्लामा कोरोनाभाइरस संक्रमितको निधन भइसकेको छ ।
अहिलेसम्म भोजपुर एउटा जिल्लामा मात्र कोरोनाभाइरस संक्रमित पूर्ण रुपमा ठिक भएका छन् । त्यहाँ केहीअघि एक जना संक्रमित भेटिएका थिए । उनी निको भएर फर्किइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।