युएईबाट नेपाल फर्किए १ सय ६८ नेपाली

कोरोनाभाइरसका कारण निम्तिएको संकटका कारण समस्यामा परेका युएईमा रहेका १ सय ५७ जना नेपाली नेपाल आइपुगेका छन् । उनीहरुलाई लिएर आएको विमान काठमाडौंमा अवतरण गरेको होे ।

एयर अरेबियाको जी ९ १७५१ नम्बरको विमानमा उनीहरु काठमाडौं आइपुगेका हुन् । 

यसअघि आजै युएईबाट आउने भनिएको अर्को विमानको उडान चाहिँ रद्द भएको थियो । 

त्यसपछि एयर अरेबियाको यो विमानमा आफैं पैसा तिरेर नेपालीहरु काठमाडौं आइपुगेका हुन् । यसअघि आउने भनिएको विमान चाहिँ युएई सरकारले आफैं चार्टड गरेर पठाउने भनेको थियो ।

युएईबाट कम्तिमा पनि १८ हजार नेपाली फर्किन चाहेका छन् । अब अन्य व्यक्तिहरुलाई पनि विस्तारै नेपाल ल्याइने बताइएको छ । 

यसअघि शुक्रबार नै म्यानमारबाट २६ नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरुलाई वसुन्धरामा रहेको होल्डिङ सेन्टरमा राखिएको छ ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार १९:१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया