जुवा खालबाट पक्राउ परेका ९ जना व्यापारी धरौटी बुझाएर छुटेका छन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आरोपित अशोक अग्रवाललाई ४० हजार र बाँकी ८ जनालाई जनही ३० हजारका दरले धरौटी लिएर तारेखमा छाडेको हो ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गले पाँच दिनअघि कमलादीको एक होटलबाट उनीहरुलाई नगद र जुवासहित पक्राउ गरेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।