३६ दिन भेन्टिलेटरमा बसेर काेराेना जित्ने मुखर्जी भन्छन्– काेराेनाभाइरसलाई हराउन सकिन्छ

‘सायद आजको रात उनको अन्तिम रात हुनेछ, उनको अवस्था निकै बिग्रिसकेको छ ।’

भारतको कोलकातामा सुनसान सडकमा अस्पतालबाट फर्किँदै गर्दा डा. सास्वती सिन्हाले यो बताएकी थिइन्, एक बिरामीकी पत्नीलाई ।

यो ११ अप्रिलको कुरा हो । त्यति बेला कोरोनाभाइरसका कारण भारतमा पनि लकडाउन निकै कडा थियो । अनि भारतमा पनि कोरोनाभाइरस संक्रमितको संख्या बढ्दो थियो । 
 

नितईदास मुखर्जी नामका बिरामी पनि अस्पतालको बेडमा थिए, दुई सातादेखि । उनी कोरोनाविरुद्ध लडाइँमा लडिरहेका थिए । अनि उनलाई अस्पतालमा राखिएको थियो भेन्टिलेटरमा । 

५२ वर्षका सामाजिक कार्यकर्ता मुखर्जी घर नभएकाहरुलाई सहयोग गर्ने एक गैरसरकारी संस्था चलाउँथे । अनि उनी थिए, कोरोनाभाइरसका कारण भेन्टिलेटरमा ।

३० मार्चमा उनी अस्पतालमा पुगेका थिए । उनमा कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।



उनको एक्सरे रिपोर्ट निकै खराब थियो । उनको फोक्सोको अवस्था पनि ठिक थिएन । त्यही रात चिकित्सकहरुले उनको शरीरमा अक्सिजनको मात्र बढाउने निर्णय गरेका थिए ।

उनलाई सास फेर्न निकै गाह्रो भएको थियो । अनि एक घुट्को पानी पिउन पनि निकै गाह्रो भएको थियो । उनको शरीरमा अक्सिजनको स्टर ८३ प्रतिशत थियो । अधिकांशको यो स्तर ९४ प्रतिशतभन्दा माथि हुन्छ ।



प्रति सेकेन्ड मानिसहरुले १० देखि २० पटकसम्म सास फेर्छन् । तर, मुखर्जीले त एक मिनेटमा ५० पटक मात्र सास फेर्न सकिरहेका थिए ।

उनी बेहोस् थिए र भेन्टिलेटरमा राखिएको थियो । 

अनि चिकित्सकहरुले उनको आश मारेका थिए ।

तर, उनले चिकित्सकहरुलाई निराश बनाएनन् । बाँकी कोभिड १९ का बिमारीहरु सबै मुखर्जीजस्ता भाग्यमानी हुँदैनन् । एक अध्ययनका अनुसार न्युयोर्कमा २५ प्रतिशत कोरोनाभाइरस संक्रमित जसलाई भेन्टिलेटरमा राखिएको थियो, उनीहरुको पहिलो एक सातामा नै निधन भएको थियो ।

बेलायतमा पनि दुई तिहाई बिमारीहरुको भेन्टिलेटरमा राखेपछि निधन भएको छ ।

तर, भेन्टिलेटरमा रहेका मुखर्जीका लागि १ अप्रिलको रातमा धेरै कुरा बदलियो । उनको ज्वरो बढ्यो, रक्तचाप पनि बढ्यो । यसले उनमा नयाँ संक्रमण हुनसक्ने सम्भावना बढायो ।

अनि चिकित्सकहरुले उनलाई एउटा एन्टीबडी दिए, आखिरी आशा राखे । मुखर्जीलाई राम्रो अवस्थामा ल्याउन चिकित्सकहरुलाई तीन घन्टा लाग्यो । उनीहरुले पिपिई लगाएर अरु केही नभनी मुखर्जीको ज्यान बचाउनेबारे मात्र सोचे ।

विस्तारै मुखर्जीको अवस्था स्थिर भयो । डाक्टर सिन्हाले त्यसपछि आफ्नो मोबाइल चेक गरिन् । मुखर्जीकी श्रीमतीले मात्र उनलाई १५ पटक फोन गरेकी रहिछिन् ।

अन्तिममा कसैले नसोचेको भयो । मुखर्जी आइतबार होसमा आए ।

उनलाई एक महिनापछि भेन्टिलेटरबाट हटाइयो र मुखर्जीले आफैंले सास लिन थाले ।

अब त मुखर्जी घर पुगिसकेका छन् । त्यहाँ नयाँ जीवन सुरु गरेका छन् ।

अनि उनले भारतीय मिडियालाई भन्न थालेका छन्– मलाई अब मानिसहरुलाई आफ्नो कथा सुनाउनु पर्नेछ, यो भाइरसलाई हराउन सकिन्छ !

  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार २२:५१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया