कोरोनाभाइरसः अब इटालीभन्दा धेरै भारतमा संक्रमित

कोरोनाभाइरस (कोभिड १९) का कारण सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा अब भारत छैटौं स्थानमा आएको छ । यसका साथै भारतले चीनलाई निकै पछाडि छोडेको छ । भारतमा अब कोरोना संक्रमितको संख्या २ लाख ३५ हजारभन्दा धेरै भएको छ ।

पछिल्लो तथ्यांकअनुसार भारतमा अब २ लाख ३५ हजार ५ सय ४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । साथसाथै भारतमा कोभिड १९ का कारण ६ हजार ६ सय ३७ जनाले ज्यान गुमाएका छन् ।

अहिले पनि अमेरिकामा सबैभन्दा धेरै प्रभावित छन् । त्यहाँ १८ लाख ८० हजारभन्दा धेरै संक्रमित भेटिएका छन् भने १ लाख ८ हजार ४ सयभन्दा धेरैले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । त्यहाँ ४ लाख ८५ हजारले कोरोना जितेका छन् ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार २३:४३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया