गोरखापत्र संस्थानका तत्कालीन दुई महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

गोरखापत्र संस्थानले गर्ने कागज खरिदमा अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन महाप्रबन्धकद्वय सुशील कोइराला र बसन्तप्रकाश उपाध्यायसहित चारजना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ ।

भ्रष्टाचारको आरोपमा पर्नेमा गोरखापत्र संस्थानका अर्थ निर्देशक रामसुन्दर चौधरी र कागज आपूर्ति गर्ने प्रिन्टसेल इमेजिङका सञ्चालक दिपक भन्साली छन् ।

भन्सारको दायित्व कम्पनीकै हुने भन्ने सम्झौता भए पनि गोरखापत्र संस्थानले भन्सार छुटका लागि गलत सिफारिस गरेको अनि आपूर्तिकर्तालाई पेस्कीसमेत दिएर भन्सार छुटाएको भन्दै अख्तियारले त्यसबाट २६ लाख १६ हजार रुपैयाँ गोरखापत्रलाई नोक्सानी भएको दाबी गरेको छ । अख्तियारले कोइराला र उपाध्यायका साथै अरु दुईजनामाथि पनि त्यति नै विगो मागदाबी गरेको छ ।





  • प्रकाशित मिति : जेठ २३, २०७७ शुक्रबार २३:४८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया