अलकायदाका प्रमुख मारिएको फ्रान्सको दाबी

फ्रान्सले आफ्नो सैन्य आक्रमणमा उत्तरी अफ्रिकामा अलकायदाका प्रमुख अब्देलमालेक ड्रौउक्देल मारिएको दाबी गरेको छ । यो सैन्य आक्रमण मालीमा भएको फ्रान्सले जनाएको छ । 

फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले अब्देलमालेकसँगै अलकायदामा उनीनिकट नेताहरु पनि मारिएको बताएका छन् । यो सैन्य आक्रमण बुधबार भएको उनले जानकारी दिएकी छन् ।

मालीमा नै फ्रेन्च सेनाले इस्लामिक स्टेटका एक प्रमुख नेतालाई मेमा नै गिरफ्तार गरेको पनि फ्लोरेन्सले दाबी गरेकी छिन् ।

अब्देलमालेक उत्तरी अफ्रिकामा अल कायदाका प्रमुख थिए । उनीहरुले माली र बुर्किना फासोमा अलकायदालाई सन्चालन गर्दै आएका थिए । उनीहरुले नै इस्लामिक स्टेटलाई पनि सहयोग गर्ने गरेको फ्रान्सको दाबी छ । 

मालीमा कम्तिमा पनि ४ हजार पाँच सय फ्रेन्च सेना सन् २०१३ देखि नै तैनाथ गरिएका छन् ।  





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार ३:२७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया