पछिल्ला केही दिने नेपालमा कोरोनाभाइरस संक्रमित भेटिने क्रम निकै रफ्तारमा बढ्न थालेको छ । केही दिन यता मात्र नेपालमा दैनिक २ सयभन्दा बढी कोरोनाभाइरस संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या अब २९१२ पुगेको छ ।
नेपालमा सबैभन्दा बढी २१ वर्षदेखि ३० वर्षसम्मको उमेर समूहमा कोरोनाभाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार नेपालमा यो उमेर समूहमा ११४० जना कोरोनाभाइरस संक्रमित भेटिइसकेका छन् ।
नेपालमा १० वर्षभन्दा कम उमेर समूहका व्यक्तिहरुमा कोरोनाभाइरस संक्रमण देखिएको छ । विश्वको परिवेशमा हेर्ने हो भने यो समूहमा निकै कम मानिसहरुमा संक्रमण देखिएको छ ।
नेपालमा चाहिँ १० वर्षभन्दा कम उमेर समूहमा ७३ जना कोरोनाभाइरस संक्रमित भेटिएका छन् । यसमा २ महिने शिशु पनि रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।