गत वर्षको अन्त्यमा चीनको वुहानबाट सुरु भएको कोरोना महामारी अब विश्वका लागि ठूलो कहर बनेको छ ।
पछिल्लो अपडेटअनुसार विश्वभर अब कोरोना संक्रमितको संख्या ६७ लाख २१ हजार पुगेको छ ।
यसका साथसाथै विश्वभर ३ लाख ९३ हजारभन्दा धेरैले कोभिड १९ का कारण ज्यान गुमाएका छन् ।
कारोनाबाट सबैभन्दा बढी प्रभावित देश अमेरिका बनेको छ । अमेरिकामा १८ लाखभन्दा बढी कोरोनाभाइरस संक्रमित पुगेका छन् भने १ लाख ८ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।
दोस्रो प्रभावित देशमा ब्राजिल परेको छ जहाँ ६ लाखभन्दा धेरै संक्रमित भएका छन् ।
भारत चाहिँ २ लाख ६० हजारभन्दा धेरै संक्रमति सहित विश्वमा सबैभन्दा बढी प्रभावित देशको छैटौं नम्बरमा आएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।