कोरोनाभाइरसः पछिल्ला २४ घन्टामा भारतमा रेकर्डै रेकर्ड

भारतमा कोरोनाभाइरसका संक्रमित एक दिनमा सबैभन्दा धेरै बढेका छन् । संक्रमित बढ्ने मात्र होइन, भारतमा पछिल्लो २४ घन्टामा मृत्यु पनि आजसम्मकै धेरै भएका छन् । 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा २४ घन्टामा कोरोनाभाइरस संक्रमितहरुको संख्या ९ हजार ८ सय ८७ रहेको छ । त्यस्तै, भारतमा पछिल्लो २४ घन्टामा २ सय ९४ जनाको निधन कोभिड १९ का कारण भएको छ ।

योसँगै भारतमा २ लाख ३६ हजारमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । अहिलेसम्म भारतमा ६ हजार ६ सय ४२ जनाको कोभिड १९ का निधन भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले अहिलेसम्म भारतमा १ लाख १४ हजार मानिस ठिक भएको पनि जानकारी दिएको छ ।





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार ११:१५:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया