किन एउटै फिल्ममा अभिनय गरेनन् अमिताभ बच्चन र माधुरी दीक्षितले ?

बलिउड अभिनेता अमिताभ बच्चन र माधुरी दीक्षित बलिउडका सबैभन्दा रुचाइएका अभिनेता तथा अभिनेत्री मध्ये एक हुन् । यी दुवै कलाकार जबरदस्त फ्यान छन् ।  यी दुईले अहिलेसम्म गीतमा चाहिँ सँगै अभिनय गरेका छन् । तर, अहिलेसम्म एउटा फिल्ममा पनि उनीहरुले सँगै काम गरेका छैनन् । 

आखिर किन त ? 

माधुरीले सन् ८० को दशकदेखि बलिउडमा डेब्यु गरेकी हुन् । तर, सुरुवातमा उनलाई खासै राम्रो रेस्पोन्स मिलेन । अनि उनले अनिल कपुरसँग बेटा, तेजाब, हिफाजत, परिन्दाजस्ता केही हिट फिल्म उनले गरिन् । त्यसपछि उनी पनि स्टार बनिन् ।

फेरि माधुरीलाई अमिताभ बच्चनसँग पनि फिल्म खेल्ने अफर आएको थियो । तर, उनले यसलाई अस्वीकार गरिन् । किनकि अनिल कपुरले यसलाई अस्वीकार गर्न माधुरीलाई भनेका थिए । यही कारणले नै माधुरीले अमिताभसँग कहिल्यै फिल्ममा काम गर्न पाइनन् ।





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार १२:३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया