नेपालमा थप दुई जनाकाे काेराेनाका कारण मृत्यु, मृतक संख्या १३ पुग्याे

मृत्यु भएपछि परीक्षण गरिएका थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । 

डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीया महिलाको मृत्युपछि पिसिआर जाँच गर्दा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा विकास देवकोटाले बताए ।

डोल्पाका पुरुष दमको रोगी रहेको उनले जानकारी दिए । उनकाे २१ जेठमा मृत्यु भएकाे थियाे ।

त्यसैगरी धनगढीकी महिला सेती अस्पतालमा २३ जेठमा डायलासीस गराउन आएको र मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

उनको मृत्युपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको देवकोटाले बताए । ‘डायलासीस गराउन आउँदा कोरोनाको कुनै लक्षण उहाँमा थिएन,’ उनले भने, ‘परीक्षण गर्दा भने संक्रमण पुष्टि भयो । ’





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार १७:०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया