कपिवस्तुमा मात्रै ५ सयभन्दा धेरै कोरोनाभाइरस संक्रमित

कपिलवस्तुमा मात्रै ५ सयभन्दा धेरै कोरोनाभाइरस संक्रमित पुगेका छन् । शनिबार कपिलवस्तुका ४ स्थानीय तहमा ७ महिलासहित ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो । 

योसँगै अब कपिलवस्तुमा ५ सय २३ जना कोरोनाभाइरस संक्रमित पुगेका छन् । 

शनिबार महाराजगन्जमा ३७, विजयनगर गाउँपालिकामा ५, बुद्धभूमि नगरपालिकामा ४ जना र यशोधरा गाउँपालिकामा २ जना नयाँ संक्रमित थपिएका हुन् । 

कपिलवस्तुमा अहिलेसम्म सबैभन्दा धेरै संक्रमित यशोधरा गाँउपालिकामा भेटिएका छन् । यशोधरामा मात्रै अब एक सय ३८ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ । त्यस्तै, महाराजगन्ज नगरपालिकामा १ सय २, मायादेवी गाउँपालिकामा ५३, कृष्णनगर नगरपालिकामा ५२ र शिवराजमा ४८ जना संक्रमित छन् ।

त्यसैरगरी शुद्धोदन गाउँपालिकामा ३०,बुद्धभूमि र कपिलवस्तु नगरपालिकामा २९र२९,वाँणगंगा नगरपालिकामा २२ र विजयनगर गाँउपालिकामा २१ जना संक्रमित छन् ।





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार १९:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया