८० दिनपछि घर निस्किएकी नेहा धुपियाले के भनिन् ?

कोरोनाभाइरस नियन्त्रणका लागि भारतमा लगाइएको लकडाउन अब विस्तारै खुकुलो बनाइँदै छ । तर, बाहिर निस्किँदा सुरक्षा अपनाउन भारत सरकारले भनिरहेको छ । यहीबीच भारतीय अभिनेत्री नेहा धुपिया ८० दिनपछि घरबाहिर निस्किएकी छिन् ।

यो खासै चर्चाको विषय त नहुनु पर्ने हो तर भारतीय मिडियाले यसलाई विशेष प्राथमिकता दिएका छन् । त्यसैले नेहा घरबाहिर निस्किएपछि केही फोटो सुट गरेको समाचार भारतीय मिडियामा आएको छ ।

उनले आफ्नो तस्वीर सामाजिक सन्जालमा सेयर पनि गरेकी छिन् जसलाई भारतमा धेरैले मन पराएका छन् । अनि उनले यो तस्वीरमा आफ्नो क्याप्सन लेखेकी छिन्, ‘योबीचमा स्वतन्त्रता र डरको बीचको भावना थियो, अब त म घरबाहिर निस्किएकी छु, खुला हावा फेर्न पाएकी छु ।’





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार २२:४०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया