काेराेनाभाइरस: अहिलेसम्म ३२ प्रहरी संक्रमित
साङ्केतिक तस्वीर

कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिएका ३२ जना प्रहरी अधिकृत तथा जवान कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यसमध्ये प्रदेश २ मा खटिएका मात्रै २२ जना छन् । 

शनिबार थप दुईजना प्रहरीको रिपोर्ट पोजिटिभ आएसँगै प्रहरीमा संक्रमण हुनेको संख्या ३२ पुगेको हो । प्रहरी प्रवक्ता निरजबहादुर शाहीका अनुसार संक्रमितमध्ये १४ जना प्रहरी निको भएर होम क्वारेन्टाइनमा छन् । बाँकीको विभिन्न अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

प्रदेश २ मा प्रहरी निरीक्षकसहित २२ जनामा संक्रमण देखिएको र त्यसमध्ये ७ जना निको भएर ब्यारेकमै आराम गरिरहेका छन् । २ नम्बर प्रदेश सभामा खटिएका प्रहरीका ५ मर्यादापालक समेत संक्रमित छन् ।





  • प्रकाशित मिति : जेठ २४, २०७७ शनिबार २३:१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया