कोरोना अपडेटः अब भारत विश्वको पाँचौ सबैभन्दा प्रभावित देश, स्पेन, इटालीभन्दा अगाडि

केही दिन यता भारतमा कोरोनाभाइरस संक्रमणका बिरामी दैनिक ठूलो संख्या बढिरहेका छन् । दुई दिन यता त भारतमा कोरोनाभाइरस संक्रमितको संख्या दैनिक ९ हजारभन्दा बढी भइरहेको छ ।

यही कारणले सबैभन्दा बढी संक्रमित भएको देशको तुलनामा भारत विश्वको पाँचौ सबैभन्दा बढी प्रभावित देश बनेको छ । भारतमा संक्रमितको संख्या अब इटाली र स्पेनभन्दा पनि बढी भएको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा अब कोरोनाभाइरस संक्रमितको संख्या २ लाख ३६ हजार ६ सय ५७ पुगेको छ । यीमध्ये ६ हजार ६ सय ४२ जनाले कोभिड १९ का कारण ज्यान गुमाएका छन् । भारतका अधिकारीहरुका अनुसार १ लाख १४ हजारभन्दा धेरैले कोरोना जितेका छन् ।





  • प्रकाशित मिति : जेठ २५, २०७७ आइतबार ८:४९:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया