डोटीको क्वारेन्टिनमा पनि एक युवकको मृत्यु

पछिल्ला केही दिन यता सुदूरपश्चिम र कर्णाली प्रदेशमा दैनिकजसो क्वारेन्टिनामा युवाहरुको मृत्यु भएको छ । शनिबार साँझ मात्र बैतडीमा एक जनाले क्वारेन्टिनमा ज्यान गुमाएका थिए ।

अब डोटीको क्वारेन्टिनमा पनि एक युवाको मृत्यु भएको छ । डोटीको केआई सिंह गाउँपालिका ३ मा रहेको सीताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवाको निधन भएको हो ।

उनी भारतबाट नेपाल १९ जेठमा आएका थिए । त्यसपछि उनी गाउँको क्वारेन्टिनमा बस्दै आएका थिए ।

आइतबार विहान उनको निधन भएको हो । मुटुको रोगी भएका यी युवाको कोरोनाभाइरस परीक्षण गरिएको छैन । उनीसहित त्यो क्वारेन्टिनमा १० जना रहेका थिए । 

अब उनको स्वाब संकलन गरेर पिसिआर प्रविधिबाट कोरोनाभाइरस परीक्षण गर्ने तयारी गरिएको छ ।





  • प्रकाशित मिति : जेठ २५, २०७७ आइतबार ८:५८:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया