सीमा विवादमा चीनसँग झुक्दैछ भारत

भारत र चीनबीच केही वर्षदेखि लद्दाखमा सीमा विवाद बढिरहेको छ । अब यो सीमा विवादलाई सुल्झाउन दुवै देश एकअर्कासँग वार्ता गर्ने तयारीमा रहेका छन् । जानकारहरुलाई उद्धृत गर्दै भारतले यसको सबै तयारी गरेको भारतीय मिडियाले समाचार बनाइरहेका छन् । 

अनि यसका लागि भारतले मोदी–जिन पिङ केमेस्ट्रीलाई प्रयोग गर्ने बताइएको छ ।

यी दुई देशबीच वुहानमा र महाबलीपुरममा अनौपचारिक बैठक पनि भइसकेको छ । 

भारतको विदेश मन्त्रालयले चाहिँ दुवै देशबीच भइरहेको वार्ताका लागि शान्ति आवश्यक हुने भन्दै आफूहरु यसका लागि प्रतिबद्ध रहेको बताएका छन् । यही कुरालाई चाहिँ भारतका मिडियाले भारत लचिलो भएको संज्ञा दिएका छन् ।





  • प्रकाशित मिति : जेठ २५, २०७७ आइतबार ९:१७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया