पाकिस्तानका पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीविरुद्ध बलात्कारको आरोप
पाकिस्तानी पूर्वप्रधानमन्त्री

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पूर्वगृहमन्त्रीविरुद्ध एक महिलाले गम्भीर आरोप लगाएकी छन् ।

पछिल्लो १० वर्षदेखि पाकिस्तानमा बसिरहेकी अमेरिकी महिलाले त्यहाँका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानीलाई आफूमाथि दुव्र्यवहार गरेको आरोप लगाएकी हुन् । त्यस्तै, उनले नै पिपिपीका अर्का नेता तथा पूर्वगृहमन्त्री रहमान मलिकमाथि आफूलाई बलात्कार गरेको आरोप लगाएकी छिन् । 

पाकिस्तानी पत्रिका जंगका अनुसार यी महिलाले पाकिस्तानी प्रहरीमा यसबारे लिखित उजुरीसमेत दिएकी छिन् । 

यी महिला एक पत्रकार भएको र अहिले एक डकुमेन्ट्रीको काम पनि गरिरहेको बताइएको छ । यो घटना सन् २०११ को भएको भनिएको छ । 

यी महिलाले पूर्वस्वास्थ्यमन्त्री माथि पनि आरोप लगाएकी छिन् ।





  • प्रकाशित मिति : जेठ २५, २०७७ आइतबार ९:२४:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया